हिरासतमा रहेका भिटेनले गरे प्रहरीमाथि नै दुर्व्यवहार ! « Khabarhub

हिरासतमा रहेका भिटेनले गरे प्रहरीमाथि नै दुर्व्यवहार !


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित र्‍याप गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अपाच्य शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका चर्चित र्‍यापर समीर घिसिङ (भिटेन)ले प्रहरीमाथि नै दुर्व्यवहार गरेका छन् ।

अनुसन्धानका लागि हिरासतमा रहेका भिटेनले बयानका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनलाई प्रहरीले ललितपुरको झम्सिखेलबाट बिहीबार पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिटेनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाएको थियो ।

प्रहरीका अनुसार भिटेनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

उनले गीतमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्दहरू प्रयोग गरेको आरोप लागेको छ । साथै भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो समेत आफ्नो फेसबुक प्रोफाइलमा राखेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ५९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने