हिरासतमा रहेका भिटेनले गरे प्रहरीमाथि नै दुर्व्यवहार ! « Khabarhub

हिरासतमा रहेका भिटेनले गरे प्रहरीमाथि नै दुर्व्यवहार !


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित र्‍याप गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अपाच्य शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका चर्चित र्‍यापर समीर घिसिङ (भिटेन)ले प्रहरीमाथि नै दुर्व्यवहार गरेका छन् ।

अनुसन्धानका लागि हिरासतमा रहेका भिटेनले बयानका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनलाई प्रहरीले ललितपुरको झम्सिखेलबाट बिहीबार पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिटेनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाएको थियो ।

प्रहरीका अनुसार भिटेनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

उनले गीतमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्दहरू प्रयोग गरेको आरोप लागेको छ । साथै भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो समेत आफ्नो फेसबुक प्रोफाइलमा राखेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ५९ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर