नागार्जुन काव्यगोष्ठीमा वरिष्ठ समालोचक डा पोखरेलसहितका श्रष्टा सम्मानित « Khabarhub

नागार्जुन काव्यगोष्ठीमा वरिष्ठ समालोचक डा पोखरेलसहितका श्रष्टा सम्मानित


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललगायत स्रष्टालाई ‘नागार्जुन वाङ्यमय सम्मान, २०८२’ बाट सम्मान गरेको छ । प्रतिष्ठानद्वारा मासिक रूपमा आयोजना हुने ‘शुभप्रभात काव्यगोष्ठी’ का अवसरमा आज उनीहरूलाई सम्मान गरिएको हो । 

गाष्ठीमा प्रा डा पोखरेललाई भाषा, साहित्य र समालोचनाका क्षेत्रमा दिएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको हो । यसैगरी साहित्यकार एवं समालोचक आरएम डङ्गोल, कथाकार एवं साहित्यिक पत्रकार होमशङ्कर बास्तोला र कवि निरुपम श्रेष्ठलाई पनि सम्मान गरिएको छ । 

कार्यक्रममा वरिष्ठ कवि पूर्ण विराम (बलराम शर्मा) का कविता वाचनमा उत्कृष्ठता हासिल गर्ने कवि चन्द्रलाल तामाङलाई एक हजारसहित पुरस्कृत गरियो । 

उनीसँग वाचक प्रतिस्पर्धीका रूपमा कवि गोपाल मैनाली रहेका थिए । अप्रतियोगीका रूपमा कवि प्रकाश सिलवालले कवि पूर्ण विरामका कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रा डा पोखरेलले वाचित कवितामाथि समालोचना प्रस्तुत गर्दै ती कवितामा विद्यमान असमानताका विषय आएको र त्यसको समाधानका लागि मार्क्सवाद चिन्तनलाई सच्चचरित्रका साथ प्रयोग गर्नुपर्ने सन्देश पाइएको बताए ।

उनले बोलचालको भाषा सकिएपछि कविताको भाषा सुरु हुने भएकाले कवितामा सिधा अर्थ वा उपदेशात्मक शैली नअपनाउन सुझाव दिए ।

साझा प्रकाशनद्वारा प्रकाशित कथाकार होमशङ्कर बास्तोलाको ‘रगतको मूल्य’ कथाकृतिमाथि समीक्षा गर्दै समालोचक आरएम डङ्गोलले बास्तोलाका कथामा समाजको यथार्थ चरित्र चित्रण र सुधारोन्मक सन्देश पाइने बताए । 

कार्यक्रममा कवि निरुपम श्रेष्ठको एकल कविता प्रस्तुतिका साथै रक्तिम लामा, अल्फिफोहेन फाक्लुप्पा, गङ्गा खतिवडा, टिपी बाराकोटी, लक्ष्मण अधिकारी, दिनेशराज खरेल, बलराम विष्ट, तिलक गाउँले, प्रख्यात पाण्डे, सङ्गी काली, युवराज नास्तिक, नवीन पल्वभ, नवराज न्यौपानेले रचना वाचन गरेका थिए । रासस

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ५ : ४२ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक