एमालेबाट दैलेख-२ मा विष्णु रिजाल पहिलो नम्बरमा सिफारिस « Khabarhub

एमालेबाट दैलेख-२ मा विष्णु रिजाल पहिलो नम्बरमा सिफारिस


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

दैलेख – नेकपा एमाले दैलेख क्षेत्र नं २ को प्रतिनिधि सभा उम्मेद्वारको छनौटमा युवा नेता एवं केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाधिक मत ल्याएका छन् । सो क्षेत्रमा चारजना पुरुष आकांक्षीहरुमा सहमति कायम हुन नसकेपछि भएको आन्तरिक निर्वाचनमा रिजालले ६७ मत सहित पहिलो नम्बरमा सिफारिस भएको क्षेत्रीय कमिटीले जनाएको छ ।

यस अघि दुईवटा संघीय निर्वाचनमा पनि उम्मेद्वार हुने प्रयास गरेका रिजाललाई यसपाली पार्टी कार्यकर्ताहरुले एक नम्बरमा सिफारिस गरेर पठाएका छन् ।

रिजालसँगै अर्का केन्द्रीय सदस्य लक्ष्मी पोखरेल, राजबहादुर शाही र कर्णाली प्रदेशका पूर्व सभामुख राजबहादुर बुढाले दाबी गरेका थिए ।

सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा ६७ मत सहित रिजाल पहिलो ६६ मत सहित पोखरेल दोस्रो ६१ मत सहित शाही तेस्रो र ५१ मत सहित बुढा चौथो स्थानमा आएको क्षेत्रीय कमिटी अध्यक्ष कुमार विक्रम शाहीले जानकारी दिए ।

हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनमा कर्णालीको भूगोलबाट केन्द्रीय सदस्य भएका रिजाल पार्टीको पक्षमा आम सञ्चार माध्यममा निरन्तर मुखर हुने नेता हुन् ।

यस अघि पार्टीको गैह्र भौगोलिक क्षेत्रका विभिन्न जिम्मेवारी बहन गरेका रिजालले अब पार्टीको भौगोलिक यात्रासँगै संसदीय यात्राको सुरुवात गर्ने तयारी गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ८ : ३० बजे

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०