भाडा बढाएको विरोधमा शुरु भएको चिलीको आन्दोलन हिंसात्मक, संयुक्त राष्ट्रसंघको टोली पठाइँदै | Khabarhub Khabarhub

भाडा बढाएको विरोधमा शुरु भएको चिलीको आन्दोलन हिंसात्मक, संयुक्त राष्ट्रसंघको टोली पठाइँदै


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक सातादेखि विरोध प्रदर्शन भइरहेको चिलीको राजधानी स्यान्टियागोको अवस्था अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको एउटा टोली पठाउने भएको छ ।

१८ मानिसहरूको ज्यान गएको दाबी गरिएको उक्त प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएका छन् । राजधानी स्यान्टीयागोसहित चिलीका थुप्रै सहरमा गत शुक्रवारदेखि असमानता र मुल्यवृद्धिविरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन् ।

संयुक्त राष्ट्रसंघकी मानव अधिकार प्रमुख तथा चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासलेटले उक्त टोलीले मानवअधिकार हननसम्बन्धी आरोपहरूको परीक्षण गर्ने बताइन् ।

हिंसात्मक प्रदर्शनहरू चर्किएपछि लगाउन सुरु गरेको रात्रिकालीन सैन्य कर्फ्यु आज छैठौं रातमा प्रवेश गरेको छ।

राजधानी स्यान्टियागोमा दशौं हजार मानिसहरू सहभागी भएको बिहीवारको प्रदर्शन भने शान्तिपूर्ण रहेको बीबीसीले जनाएको छ ।

तर सात सय भन्दा बढी मानिसहरूमाथि भने आगजनी, लुटपाटलगायतका अभियोग लगाइएको छ । सुरक्षा फौजले गरेका भनिएका हिंसाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

मेट्रोरेलमा बढाइएको भाडा दरबाट उठेको आक्रोश अहिले सामाजिक र आर्थिक असमानताका मुद्दा समेत उठाएर आमहड्तालमा परिणत भएको छ । राष्ट्रपति सेबास्टियन पिनेराले आक्रोश शान्त पार्न सामाजिक सुधारहरू गर्ने घोषणा गरे तर त्यो पर्याप्त नभएको र्‍यालीका सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ७ : १० बजे

कन्काई पुलसहित १७ रुग्ण ठेक्का तोडिँदै

काठमाडौं– सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु

यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज

एमाले केन्द्रीय सदस्य ढकालको प्रस्ताव : पार्टी एकताबद्ध राख्न ओली नेतृत्व अपरिहार्य

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध