आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै « Khabarhub

आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको वालिङ नगरपालिका-१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ-१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो ।

नगरपालिकाले नगरको सीमानाभित्र आँधीखोलाको किनारैकिनार निर्माण गरेको आँधीखोला करिडोरको बौवास्थित अर्मादी खोलामा पक्की पुल निर्माणसँगै सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा यो खण्डलाई प्रयोग गर्न सकिने भएको नगरपालिकाका इञ्जिनियर ध्रुव रेग्मीले जानकारी दिए ।

उनका अनुसार आँधीखोला र अर्मादीखोलाको दोभानमा पुल निर्माण हुने भएपछि वालिङ बजारबाट दैनिक वालिङ सरसफाइ केन्द्रमा आवतजावत सजह हुनेछ ।

‘पुल सम्पन्न भएसँगै नगरको बजार क्षेत्रबाट दैनिक संकलन हुने कुहिने, नकुहिने, सिसाजन्य तथा दिशाजन्य फोहोर सरसफाइ केन्द्रमा लैजान सहज हुनेछ’, उनले भने, ‘साथै सिद्धार्थ राजमार्गको वैकल्पिक सडकका रूपमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । यसले सर्वसाधारणलाई आवागमनमा सहज बनाउनुका साथै समय र खर्च बचत गर्ने अपेक्षा गरेका छौँ ।’

पुल निर्माणका लागि डिएसएमवाइ जेभीसँग विसं २०८३ जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी रु तीन करोड ३७ लाखको लागतमा ठेक्का सम्झौता भएको इञ्जिनियर रेग्मीले जानकारी दिए । उनका अनुसार एउटा स्पानमा निर्माण हुने उक्त पुलको लम्बाइ २५ मिटर र फुटपाथसहित चौडाइ आठ दशमलव ४० मिटर हुनेछ । अहिले पुलको फाउण्डेसन निर्माण थालिएको उनले जानकारी दिए।

हिउँदमा खोलाबाटै गाडी वारपार गरे पनि वर्षायाममा समस्या हुने तथा दैनिक ढुवानीका साथै फोहरमैलाका गाडी अन्यत्रबाट घुमाएर लानुपर्ने बाध्यता थियो । वर्षायाममा खेतीकिसानी गर्ने किसानले ट्रयाक्टर लैजान तथा अन्य साधन लिएर जान आउन पनि समस्या हुँदै आएको थियो ।

वालिङ बजारबाट सरसफाइ केन्द्रसम्म आवतजावतका लागि अर्मादी र मिर्दीखोला छन् । यस वर्ष अर्मादी खोलामा पक्की पुल बने पनि मिर्दी खोलाबाटै सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

वर्षाका समयमा पनि आँधीखोला करिडोरमा निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्ने उद्देश्यले यहाँ पुल निर्माण थालिएको बताउँदै इञ्जिनियर रेग्मीले आगामी आर्थिक वर्षमा मिर्दीखोलामा पनि पक्की पुल निर्माण गर्न ठेक्का लगाउने तयारी भइरहेको जानकारी दिए । 

आँधीखोलाको किनारैकिनार भएर गएको आँधीखोला करिडोरमा पुल निर्माण भएपछि आँधीखोलाको किनार, अर्मादीखोला र मिर्दीखोलाको किनारमा फैलिएका खेतीयोग्य भूमिमा उब्जाउ भएका कृषिजन्य वस्तु तथा नदीजन्य सामग्री करिडोर हुँदै ढुवानी गर्न सकिनेछ ।

 करिडोर पूर्णमा रूपमा सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्ग तथा वालिङ बजारभित्रका सडकमा सवारी चाप कम हुने देखिन्छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ३२ बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र