काठमाडौं महानगरद्वारा दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोलीलाई नगदसहित सम्मान « Khabarhub

काठमाडौं महानगरद्वारा दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोलीलाई नगदसहित सम्मान


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ।

आइतबार आयोजित कार्यक्रममा महानगरले दृष्टिविहीन महिला विश्वकप क्रिकेटमा उपविजेता बनेका खेलाडीलाई जनही १ लाख रुपैयाँ र टोलीका अन्य सदस्यलाई ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गरेको हो। 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले खेलाडी तथा अन्य सदस्यलाई सम्मान प्रदान गरेका थिए ।

समारोहमा महानगरले दृष्टिविहीन क्रिकेट संघलाई कुल १८ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो। काठमाडौं महानगरले दृष्टिविहीन महिला टोलीलाई सदैव साथ दिने र आवश्यक सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ०६ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद