भारतबाट उद्धार गरिएको किशोरीलाई परिवारको जिम्मा | Khabarhub Khabarhub

भारतबाट उद्धार गरिएको किशोरीलाई परिवारको जिम्मा


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– एक नेपाली किशोरीलाई भारतबाट उद्धार गरी बिहीबार परिवारको जिम्मा लगाइएको छ । पाँच वर्षदेखि हराइरहेकी सप्तरीको बलान बिहुल गाउँपालिका–३ की २० वर्षीया र्ङ्किुकुमारी भनिने रञ्जनकुमारी पासवानलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घरबाट बेपत्ता पासवान २०७४ साल वैशाख १० गतेदेखि भारत विहारको अल्पबास गृह पूर्णियाको संरक्षणमा आश्रित थिइन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सप्तरी प्रहरीले भारत विहारको पूर्णियाबाट पासवानलाई नेपाल ल्याई उनकी आमा घुरनीदेवीको जिम्मा लगाएको हो ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केरुङको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सामवती राजवंशी गएका थिए ।

अल्पबास गृह पूर्णियाले भारतीय राजदूतावासमार्फत प्रहरी प्रधान कार्यालय तथा अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयलाई किशोरीको परिवारको पहिचान गरी उद्धार कार्यमा सहयोग गर्न अनुरोध गरेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : १६ बजे

वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको आकस्मिक कक्ष

ओलीको गुनासो- एमालेमाथि लगानी गरेरै हमला हुँदैछ, पोलिटब्युरोमा एक भयौँ, फेरि चलखेल भयो

काठमाडौं- सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा

‘होस्टल’को चौथो श्रृङ्खला ‘होस्टेल अगेन’ बनाउँदै सशान

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘होस्टल ३’का

काठमाडौं अदालतमा कानुनी सहायता केन्द्र

काठमाडौं– जिल्ला अदालत काठमाडौँमा वैतनिक वकिल तथा कानुन सहायता तथा

चाक्सीबारी बैठक : सरकारले जनहितमा काम गर्नुपर्नेमा जोड

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले गठबन्धनको भावनाबमोजिम सरकारले जनहितमा व्यापक काम