दशैंमा सबैभन्दा धेरै बिक्री भए यी स्कुटर, कसको कति मूल्य ? « Khabarhub

दशैंमा सबैभन्दा धेरै बिक्री भए यी स्कुटर, कसको कति मूल्य ?


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पछिल्लो समय युवा पुस्तामा स्कुटरको क्रेज बढेको छ । युवती र महिलाले धेरै प्रयोग गर्ने गरिएको स्कुटर अहिले सबैले प्रयोग गर्न थालेका छन् ।

सामान्य बेलामा भन्दा चाँडपर्वमा सवारीसाधनको माग बढी हुने गरेको छ । दशैं तिहार लगायतका चाँडमा आउने अफरपनि यसको एक कारण हुन सक्छ ।

नाडा आटो शोबाट छठ पर्वसम्मको समयलाई मध्यनजर गर्दै कम्पनीहरुले अफर ल्याएका हुन्छन् भने ग्राहकले पनि यही मौकामा किन्ने गरेका छन् ।

होन्डाको डियो, ग्राजिया र टीभीएस एनटर्क चाँड पर्वको बेलामा धेरै व्यापार भएका स्कुटर हुन् ।

होन्डा डियो

नेपाली स्कुटर बजारको करिब ४० प्रतिशत बजार हिस्सा ओगट्ने मोडलको रुपमा रहेको छ होन्डा डियो । अहिले नेपालमा वार्षिक एकलाख १५ हजार यूनिटको हाराहारीमा स्कुटर बिक्ने गरेको छ ।

स्टाइलिस डिजाइन र आकर्षक कलर डियो स्कुटरको मुख्य विशेषता हो । यस स्कुटरमा एलइडी हेडलाइट जडान गरिएको छ भने, मेटसेड, मार्शल ग्रीन मेटेलिक तथा एक्सिस–ग्रे मेटेलिक कलरमा उपलब्ध रहेको छ । यसमा डिजिटल स्पीडोमिटर र ट्रीपमिटर जस्ता विशेषता उपलब्ध रहेको छ ।

यो स्कुटरको मूल्य १ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

टीभीएस एनटर्क १२५

टीभीएसको सर्वाधिक बिक्री हुने एनटर्क १२५ स्कुटर ड्रम र डिस्क ब्रेक अप्सनमा उपलब्ध रहेको छ ।

एनटर्कमा एलईडी डे–टाइम रनिङ्ग लाइट भए तापनि हेडलाइट एलइडीमा छैन तर कम्पनीले अब ल्याउने मोडलमा भने एलइडी हेडल्याम्प रहेको छ । अ

न्डर–सीट स्टोरेज क्षमता उत्कृष्ट रहेको एनटर्क स्टाइल र स्पोर्टी लुक्सको कारण युवाहरूको रोजाईमा पर्न सफल भइसकेको छ । एनटर्क स्कुटरमा तीन–भल्व टेक्नोलोजीको प्रयोग गरिएको छ । यसको इन्जिनले ९.३ बीएच पावर र १०.५ एनएम–टर्क जेनेरेट गर्छ । यसको टप–स्पीड क्षमता प्रतिघन्टा ९५ किलोमिटर रहेको छ । डिस्क ब्रेक भेरियन्टको मूल्य दुई लाख २४ हजार नौ सय रुपैयाँ र ड्रम ब्रेक भेरियन्टको मूल्य २ लाख १४ हजार ९०० रुपैयाँ रहेको छ ।

होन्डा ग्राजिया

नेपाली बजारमा धेरै बिक्री हुने होन्डाको ग्राजिया स्कुटर स्टाइलिस र पफर्मेन्सको कारण चर्चामा छ । अटोमेटिक एलइडी हेडलाइट भएको यो पहिलो स्कुटर हो । त्यसैगरी, थ्री स्टेप ईकोस्पीड इन्डिकेटर यसमा दिइएको छ । जसका कारण आवश्यकताअनुसारको स्पीड लिन सकिन्छ । स्कुटरमा यूएसबी चार्जिङ्ग पोइन्ट, अलोय–ह्वील, फ्रन्ट डिस्क–ब्रेक लगाइएको छ ।

होन्डा ग्रजियामा १२५ सीसी एयरकुल्ड फोर–स्ट्रोक इन्जिन प्रयोग गरिएको छ । यसले ८.५२ बीएच पावर र १०.५४ एनएम–टर्क प्रदान गर्छ । यसको ह्वीलवेश १२६० एमएम रहेको छ । यो सेल्फ र किक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ । यसको बजार मूल्य २ लाख १८ हजार रहेको छ । ग्राजिया एक लिटर पेट्रोलमा ६० किलोमिटरसम्म चलाउन सकिने एआरएआईले प्रमाणित गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : ५४ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी