‘जन नायकन’ ट्रेलरमा एआई प्रयोगको आरोप, सामाजिक सञ्जालमा चर्को विवाद « Khabarhub

‘जन नायकन’ ट्रेलरमा एआई प्रयोगको आरोप, सामाजिक सञ्जालमा चर्को विवाद


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय चलचित्रका सुपरस्टार थलापथी विजयको आगामी तथा करियरको अन्तिम फिल्म ‘जन नायकन’ को ट्रेलरमा देखिएको प्राविधिक त्रुटिका कारण सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको छ ।

ट्रेलरको एक क्षणिक दृश्यमा गुगल जेमिनाइ  (एआई) को वाटरमार्क देखिएपछि दर्शकहरूले एआई निर्मित दृश्य प्रयोग गरिएको आशंका व्यक्त गरेका हुन् ।

यद्यपि निर्माताले पछि ट्रेलर अपडेट गरी उक्त लोगो हटाएका छन्, तर त्यसको स्क्रिन रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । एक्स (पूर्व ट्विटर) मा प्रयोगकर्ताहरूले ठूलो बजेटको फिल्ममा यस्ता गल्ती हुनु निराशाजनक भएको प्रतिक्रिया दिएका छन्, केहीले एआई प्रयोगलाई सिनेमाको कलामाथिको अपमानसमेत भनेका छन् ।

एच. विनोथ निर्देशित जन नायकन राजनीतिक पृष्ठभूमिमा आधारित मास एक्सन फिल्म हो, जसमा अभिनेत्री पूजा हेगडे, बबी देओल, ममिता बैजु, गौतम वासुदेव मेनन, प्रियमणी र नारायण लगायत कलाकारको अभिनय रहेको छ।

फिल्म जनवरी ९ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ। बक्स अफिसमा भने यसले प्रभासको ‘द राजा साब’ र शिवकार्तिकेयनको ‘पराशक्ति’ सँग प्रतिस्पर्धा गर्नेछ ।

थलापथी विजयको अन्तिम फिल्म भएकाले दर्शकको चासो उच्च रहे पनि, एआई सम्बन्धी विवादले फिल्मको प्रचारमा कस्तो असर पार्छ भन्ने कुरा रिलिजपछि स्पष्ट हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : २६ बजे

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

आईपीएल : बेंगलुरुका बलर चम्किँदा दिल्ली क्यापिटल्स ७५ रनमै समेटियो

काठमाडौं – आईपीएल २०२६ को ३९औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले

कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज

काठमाडौं- सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी