भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सले जम्मा गर्‍यो १ करोड « Khabarhub

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सले जम्मा गर्‍यो १ करोड


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार निर्माण कोषलाई सहयोग रकम प्रदान गरेको छ । 

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख मात्र सहयोग उपलब्ध गराएको हो ।

उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले आज २१ गते सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अर्थ सचिव, राजस्व सचिव लगायत  सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्‍याउनु भएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

साथै उक्त रकम सहित आजको मितिसम्म उक्त कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : १८ बजे

मासु मात्रै होइन, दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य