भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्युयोर्क संघीय अदालत लगियो « Khabarhub

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्युयोर्क संघीय अदालत लगियो


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेनेजुएलाबाट जबर्जस्ती ल्याइएका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सोमबार, ५ जनवरीमा कडा सुरक्षाको घेरामा न्युयोर्कको संघीय अदालत ल्याइएको छ । ६३ वर्षीय मादुरोमाथि नशालु औषधिको तस्करी र आतंकवादका गम्भीर आरोपहरू अमेरिकाले लगाएको छ ।

शनिबार बिहान अमेरिकी एलिट फोर्सहरूले हेलिकोप्टर र लडाकु विमानहरूको सहयोगमा भेनेजुएलाको राजधानी काराकासमा सैन्य अभियानमार्फत उनीहरूलाई गिरफ्तार गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भेनेजुएलाको कमान्ड अमेरिकाको हतामा रहेको स्पष्ट पारेका छन् र त्यहाँ चुनाव गराउने कुरा अहिले हतार हुने बताएका छन् ।

यो सैन्य कारबाहीका क्रममा काराकासमा ठूलो रक्तपात भएको बताइएको छ । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमीर पाड्रिनो लोपेजका अनुसार, अमेरिकी आक्रमणमा मादुरोको सुरक्षा टोलीका अधिकांश सदस्यहरू, सैन्य कर्मचारीहरू र धेरै नागरिकहरू मारिएका छन् ।

यद्यपि, भेनेजुएलाको सेनाले अब कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मान्यता दिएको छ र जनतासँग शान्ति कायम राख्न अपील गरेको छ ।

अर्कोतर्फ, काराकासका सडकहरूमा तनाव कायमै छ । आइतबार, ४ जनवरीमा मादुराका लगभग २,००० समर्थकहरूले झण्डा र हतियारहरू बोकेर र्‍याली निकालेर यो कारबाहीको विरोध गरेका छन् ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिकाको ध्यान अहिले भेनेजुएलाका तेल स्रोतहरूमा नियन्त्रण र सुरक्षा व्यवस्थालाई सुधार्नेमा रहेको संकेत गरिसकेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : २९ बजे

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,