सामाजिक सद्भाव विथोलिने कार्य नगर्न गृहको निर्देशन « Khabarhub

सामाजिक सद्भाव विथोलिने कार्य नगर्न गृहको निर्देशन


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने कार्य गरे कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ ।

पछिल्लो समय तराई एवम् मधेसका केही जिल्लाहरूमा धार्मिक सहिष्णुता तथा सद्भावमा गम्भीर असर पर्ने गरी केही व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति दिएको भन्दै मन्त्रालयले यस्तो जनाएको हो ।

“सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पु-याउने किसिमका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,” मन्त्रालयले भनेको छ ।

पछिल्लो समयमा धनुषाका विभिन्न स्थानहरूमा सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवम् धर्म लक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुऱ्याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिक स्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवम् सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : ०५ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज