सौगातलाई दाइ भनेकोबारे स्पष्टीकरण दिन पर्खिरहेकी श्रृष्टिले मौका पाएपछि… « Khabarhub

सौगातलाई दाइ भनेकोबारे स्पष्टीकरण दिन पर्खिरहेकी श्रृष्टिले मौका पाएपछि…


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठले पाँच फिल्ममा सहकार्य मात्रै गरेनन्, उनीहरु ओपन रिलेसनमा पनि बसे ।

यी दुईको संयुक्त अभिनय रहेको पाँचौं फिल्म ‘भाइरल गोर्खे’ भने ब्रेकअपपछिको पहिलो सहकार्य हो ।

अहिले उनीहरु यसको प्रचारमा व्यस्त छन् । माघ १ गते प्रदर्शन मिति तोकिएको छ ।

ब्रेकअपपछि सौगात र श्रृष्टि कसरी सार्वजनिक स्थानमा प्रस्तुत हुन्छ भन्ने चासोकै बीच ट्रेलर रिलिज कार्यक्रममा श्रृष्टिले सौगातलाई ‘दाइ’ लगाएर सम्बोधन गरिन् ।

शंका छैन, श्रृष्टिभन्दा सौगातको उमेर ठूलो हो । तर, आफ्नो मन पर्ने हिरोलाई उसकै पूर्वप्रेमिकाले ‘दाइ’ लगाएर सम्बोधन गरेको दर्शकलाई सामान्य लागेन । उक्त अंश बोलेको भिडियो भाइरल भयो । श्रृष्टि ट्रोल पनि बनिन् ।

यो पनि : जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्…

त्यसयता श्रृष्टि यो विषयमा स्पष्टीकरण दिने मौका पर्खिरहेकी रहेछिन् । यही फिल्मबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा भिडियो भाइरल बनेको कुरा उठ्यो । उनले कुरा उठाउने पत्रकारलाई धन्यवाद दिँदै भनिन्, ‘म यो बारेमा बोल्न खोजिरहेकी थिएँ । धन्यवाद तपाईंले प्रसंग निकाल्नुभयो ।’

आफूले सौगातलाई कहिल्यै दाइको नातामा सम्बोधन नगर्ने र उक्त बेला जिब्रो चिप्लिएको उनको स्पष्टीकरण छ ।

उनले थपिन्, ‘प्रश्न सोध्नेले सौगात दाइ भन्नुभयो । म पनि त्यही फ्लोमा गएर दाइ भनेछु । वास्तवमा म उहाँलाई दाइ भन्दिनँ । नामले नै बोलाउने गर्छु ।’

सौगातले पनि श्रृष्टिलाई साथ दिए । उनले भने, ‘मलाई थाहा थियो उसको जिब्रो चिप्लिएको हो भनेर । किनकि मैले उसलाई चिनेको छु नि त । त्यसबेला दाइ भनिहाल्यो, त्यही बेला मलाई अब यो कुरा भाइरल हुने भयो भन्ने लागेको थियो । नभन्दै त्यही भयो ।’

श्रृष्टिले दाइ भन्दा आफ्नो चित्त भने नदुखेको सौगातले सेयर पनि गरे । ब्रेकअपपछि पनि आफूहरुको सम्बन्ध साथीकै रहेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ४३ बजे

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको