आगामी माघ १ देखि बीमा क्षेत्रका सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने « Khabarhub

आगामी माघ १ देखि बीमा क्षेत्रका सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली (डिजिटल माध्यम) मार्फत मात्र गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीको तर्फबाट विज्ञप्ति जारी गर्दै जीवन बीमा, निर्जीवन बिमा, लघुबीमा, पुनर्बीमा कम्पनी र बिमा दलालहरूलाई सम्बोधन गर्दै प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।

नयाँ व्यवस्था अनुसार अबदेखि बीमा कम्पनीहरूले गर्ने सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत नै जम्मा गर्नुपर्नेछ । 

प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ को व्यवस्था र नेपाल सरकारको सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्ने नीतिलाई कार्यान्वयन गर्न यो कदम चालेको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भए अनुसार, बीमालेख अन्तर्गतको दाबी भुक्तानी गर्दा प्रचलित कानुन बमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा मात्र रकम जम्मा गर्नुपर्नेछ । 

यसअघि नै प्राधिकरणले बिमा कम्पनीमा कार्यरत स्थायी, अस्थायी, करार वा ज्यालादारी कर्मचारी तथा श्रमिकहरूको पारिश्रमिक र ज्याला समेत अनिवार्य रूपमा बैंक खातामार्फत नै भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : ४५ बजे

मासु मात्रै होइन, दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य