एट्लीको सुपरहिरो फिल्म ‘AA22xA6’ मा टाइगर श्राफ पनि जोडिए « Khabarhub

एट्लीको सुपरहिरो फिल्म ‘AA22xA6’ मा टाइगर श्राफ पनि जोडिए


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शाहरुख खान अभिनीत ‘जवान’को सफलतापछि निर्देशक एट्लीले अर्को ठूलो प्रोजेक्टको तयारी थालेका छन्। दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनसँग सहकार्य गर्दै एट्लीले ठूलो बजेटको सुपरहिरो फिल्म निर्माण गर्न लागेका हुन्, जसलाई हाल अस्थायी रूपमा ‘AA22xA6’ नाम दिइएको छ।

‘AA22xA6’ मा बलिउड अभिनेता टाइगर श्राफ पनि फिल्ममा जोडिएका छन्। उनी कथाको महत्वपूर्ण भागमा देखिनेछन् र शक्तिशाली फ्ल्यासब्याक दृश्यमार्फत कथालाई अघि बढाउने भूमिकामा रहनेछन्। भारतीय मिडिया एनटीभी तेलुगु र अलवेज बलिउडले पनि टाइगरको सहभागिता पुष्टि गरेका छन्।

फिल्मलाई दुई भागमा निर्माण हुने सम्भावना रहेको रिपोर्ट भए पनि आधिकारिक घोषणा भने भइसकेको छैन। फिल्मका भिजुअल इफेक्ट्समा मात्रै करिब ३५०–४०० करोड रुपैयाँ खर्च हुने अनुमान छ, र अन्तर्राष्ट्रिय स्तरका विभिन्न भिएफएक्स स्टुडियोसँग सहकार्य गरिने तयारी छ।

अल्लु अर्जुनले फिल्ममा एकभन्दा बढी भूमिकामा देखिने बताइसकेको छ भने दीपिका पादुकोणलाई मुख्य अभिनेत्रीका रूपमा आधिकारिक रूपमा घोषणा गरिएको छ। साथै रश्मिका मन्दाना, मृणाल ठाकुर र जान्हवी कपूरको पनि नाम जोडिएको चर्चा छ। अभिनेता विजय सेतुपतिले पनि यस परियोजनामा आबद्ध हुने सम्भावना छ।

‘AA22xA6’ भारतीय सिनेमाकै सबैभन्दा ठूलो र महत्वाकांक्षी सुपरहिरो प्रोजेक्टमध्ये एक मानिएको छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ८ : ०५ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि