सामाजिक सुरक्षा कोषमा योगदान गरेबापत दुई जना लाभान्वित « Khabarhub

सामाजिक सुरक्षा कोषमा योगदान गरेबापत दुई जना लाभान्वित


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट योगदान गरेबापत २ जनाले सुविधा लिएका छन् । गत वर्षदेखि कोषमा योगदान गरेबापत मृतकको आश्रित परिवारलाई कोष‍ले निवृत्तिभरण वापतको सुविधा प्रदान गरेको हो ।

क्लोजर सिष्टम ईण्टरनेशनल नेपालीमा कार्यरत ईञ्जिनियर रुपेन्द्र थापा र कैरोश क्याफेमा कार्यरत प्रकाश तामाङको सडक दुर्घटनामा मृत्यु भएपछि उनीहरुको परिवारलाई आश्रित परिवार सुरक्षा योजना अन्तर्गत प्रति परिवार रु २५ हजार तथा मासिक निवृत्तिभरण वापतको सुविधा प्रदान गर्न थालिको कोषले जानकारी दिएको छ ।

कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीका अनुसार योगदान गरेका दुई जनाले सेवा सुविधा पाउन थालेको जानकारी दिए । आधारभूत तलव अनुसार नै यो सुविधा दिइने भएका कारण आश्रित परिवारले प्राप्त गर्ने रकम पनि फरक पर्ने कार्यकारी निर्देशक ज्ञवालीले बताए ।

कोषका अनुसार आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजको आश्रितलाई प्रदान गर्ने व्यवस्था छ ।

सो व्यवस्थाअनुसार थापाकी श्रीमतीले मासिक १७ हजार १ सय आजिवन पाँउछिन् । तामाङका परिवारले मासिक १० हजार २ सय प्राप्त गर्नेछन् । यसैगरी निजहरुले जम्मा गरेको योगदान रकम मध्ये वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको संकलित रकम तथा प्रतिफल पनि थापा र तामाङका परिवारलाई प्रदान गर्ने प्रक्रिया अगाडी बढिसकेको कोषले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ३ : १३ बजे

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं – सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र

श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति

विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम