प्रतिनिधिसभा निर्वाचन : रोल्पाबाट उम्मेदवार सिफारिस भएपछि विप्लवले दिए धन्यवाद « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : रोल्पाबाट उम्मेदवार सिफारिस भएपछि विप्लवले दिए धन्यवाद


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रोल्पा जिल्ला समितिलाई धन्यवाद दिएका छन् ।
आफूलाई प्रत्यक्ष निर्वाचनका लागि रोल्पाबाट सिफारिस गरेको भन्दै उनले जिल्ला समितिलाई धन्यवाद दिएका हुन् ।
उनले आफूमाथिको विश्वास, अपेक्षा र जिम्मेवारीप्रति धन्यवाद दिएका हुन् । उनले यो सिफारिसले आफूमाथि जिम्मेवारी थपिएको महसुस गरेको बताएका छन् ।

‘हाम्रो जनप्रिय पार्टी नेकपा (माओवादी) रोल्पा जिल्ला समितिले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनका लागि मलाई सिफारिस गरेकोमा आभारसहित धन्यवाद ब्यक्त गर्दछु ।

कमरेडहरूले गरेको विश्वास, राखेको अपेक्षा र दिएको जिम्मेवारीलाई पेचिलो राजनीतिक परिस्थितिको गह्रौं कार्यभारका रूपमा बोध भएको छ’, विप्लवले फेसबुकमा लेखेका छन्, ‘सबै मित्र, अभिभावक, शुभचिन्तक, राजनीतिक दलसँग परामर्श लिदैं निर्णय कार्यान्वयनतर्फ बढिनेछ ।
धन्यवाद ।’

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ८ : ३४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी