काठमाडौं- नेपाली क्रिकेटका उदाउँदो प्रतिभा शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डर बनेका छन् ।
क्रिकेटर मल्ल र गौतम एजुकेशन एण्ड सर्भिसेसबिच यसबारेमा औपचारिक सम्झौता भएको छ ।
नेपाली खेलप्रेमीमाझ लोकप्रिय क्रिकेटर मल्ल हाल लुम्बिनी लायन्समा आबद्ध छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो सिजन जित्ने एक मात्रै खेलाडी हुन्।
बलिङमा जादुयी शैली, चुस्त फिल्डिङ र पावर हिटिङ क्षमताका कारण उनी चर्चित छन् । गौतम एजुकेशनमा जोडिन पाउँदा हर्षित भएको मल्लले बताए । उनी आगामी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि नेपाली टोलीका सदस्यका रुपमा पनि समेटिएका छन् ।
गौतम एजुकेशन कम्पनीका सीईओ इन्द्रजीत गौतमले शेर जस्तो क्रिकेटरसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए ।
‘देशका विभिन्न जिल्लास्थित विद्यालय तहमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि प्रायोजनको योजना बनाएका छौँ’, गौतमले भने ।
गौतम एजुकेशनले अध्ययनका लागि अस्ट्रेलिया, बेलायत जापान, क्यानडा र अमेरिका जान चाहने विद्यार्थीलाई परामर्श र मार्गदर्शन गर्दै आएको छ ।













प्रतिक्रिया