काठमाडौं– बागमती प्रदेश कार्यसमितिका उपसभापतिसहितका नेताहरू नेपाली कांग्रेसको विधान महाधिवेशनको पक्षमा उभिएका छन् ।
बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन, मोहनबहादुर बस्नेत, कोषाध्यक्ष डा. भद्रा पराजुली भण्डारी, सह–महामन्त्री ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठले संयुक्त वक्तव्य निकालेर विशेष महाधिवेशनको पक्षमा आफूलाई उभ्याएका छन् । बागमतीका सभापति इन्द्र बानियाँ भने संस्थापन पक्षमै छन् ।
उनीहरूले लामो समयदेखि देखिएको असहज अवस्था अन्त्य गर्दै विधि र पद्धतिअनुसार अघि बढ्न सहयोग पुर्याएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत केन्द्रीय नेतृत्वप्रति आभार व्यक्त गरेका छन् ।
पार्टी विधानको धारा १७(२) बमोजिम कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा गर्न लागेको भन्दै उनीहरूले सहभागितका लागि अपील गरेका छन्।
उक्त महाधिवेशनमा बागमती प्रदेशभित्रका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई सक्रिय उपस्थिति र सहभागिताका लागि उनीहरूले अपील गरेका छन् ।
पुस २७ गते दिउँसो १२ बजे भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनको औपचारिक उद्घाटन सत्रमा पार्टीका अग्रज, नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उपस्थित हुन आग्रह पनि गरिएको छ।













प्रतिक्रिया