माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र « Khabarhub

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ बराबरको हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ ।

पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरु, जलविद्युत्, सडक, सञ्चार जस्ता क्षेत्रका कर्मचारी, श्रमिकको पारिश्रमिक ज्याला भुक्तानी गर्न भने समस्या नपर्ने केन्द्रीय बैंकले प्रष्ट पारेको छ ।

यस्तै, विभिन्न आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न कुनै समस्या हुने छैन ।

सरकारले वितरण गर्ने राहत अनुदान सहायता वितरण गर्न, विप्रेषण कम्पनी, एजेन्टले विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई रकम भुक्तानी गर्न पनि केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले कुनै वाधा गर्ने छैन । बचत तथा ऋण सहकारी संस्थालाई आफना सदस्यसँगको दैनिक कारोबारको भुक्तानी नगदमा गर्न सकिनेछ ।

सरकारले गत मङ्सिर १५ गते नै नगद कारोबारको सीमा पाँच लाखमा सीमित गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले बिहीबार सोसम्बन्धी व्यवस्थाको सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ९ : १३ बजे

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव

मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य