ओलीको निष्कर्ष : एघारौँ महाधिवेशनले एमालेलाई झन् बलियो शक्तिका रूपमा उभ्यायो  « Khabarhub

ओलीको निष्कर्ष : एघारौँ महाधिवेशनले एमालेलाई झन् बलियो शक्तिका रूपमा उभ्यायो 


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ। केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएको २२ औँ दिनमा पुसको चिसो मौसम र भौगोलिक कठिनाइका बाबजुद देशभरबाट केन्द्रीय सदस्यहरूको उल्लेखनीय सहभागिता छ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले ११औँ राष्ट्रिय महाधिवेशनको संक्षिप्त समीक्षा, त्यसले दिएको मुख्य राजनीतिक सन्देश, भदौ २३–२४ पछि विकसित असामान्य राजनीतिक अवस्था, प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी कानुनी संघर्ष, प्रस्तावित आम निर्वाचन, विश्व राजनीतिक परिदृश्य र पार्टीका तात्कालिक कार्यभारबारे धारणा राखेका छन्।

अध्यक्ष ओलीले मङ्सिर २७ देखि पुस ३ सम्म सम्पन्न ११औँ महाधिवेशन केवल पार्टीको आन्तरिक प्रक्रिया मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा प्रभाव पार्ने ऐतिहासिक घटना भएको उल्लेख गरे। 

भदौ २३–२४ का हिंसात्मक र विध्वंसात्मक घटनापछि मुलुक गम्भीर संकटमा फसेको अवस्थामा एमालेले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा उभिँदै पार्टीलाई पुनःसंगठित गरेको उनको भनाइ थियो।

महाधिवेशनले प्रतिकूल परिस्थितिमा पनि एमालेको संगठनात्मक क्षमता, जनाधार, कार्यकर्ताको मनोबल र प्रतिरोधी शक्ति बलियो रहेको स्पष्ट सन्देश दिएको अध्यक्ष ओलीको निष्कर्ष छ। 

भक्तपुरको सल्लाघारीमा भएको उद्घाटन सत्रमा देखिएको जनसहभागिताले लोकतन्त्र अजेय छ र एमाले त्यसको अग्रपंक्तिको शक्ति हो भन्ने सन्देश प्रवाह गरेको बताइयो।

अध्यक्ष ओलीले भदौपछिको कालखण्डमा लोकतान्त्रिक दल, निर्वाचित सरकार र प्रतिनिधिसभामाथि गरिएको योजनाबद्ध आक्रमण, हिंसालाई आन्दोलनको नाममा महिमामण्डन गर्ने प्रयास, तथा युवापुस्तालाई दुरुपयोग गर्ने प्रवृत्तिको कडा आलोचना गरे। 

यस्ता गतिविधि लोकतन्त्र समाप्त पार्ने र देशलाई असफल राष्ट्रतर्फ धकेल्ने षड्यन्त्रको हिस्सा भएको उनको ठहर छ।

महाधिवेशनले पार्टीभित्र उठाइएका नेतृत्वको वैधता र सान्दर्भिकतासम्बन्धी प्रश्नलाई विधिसम्मत, लोकतान्त्रिक प्रतिस्पर्धामार्फत टुंग्याएको, आन्तरिक लोकतन्त्र थप सुदृढ भएको र पार्टी एकता बलियो बनेको अध्यक्षले उल्लेख गरे ।

नवपुस्तालाई केन्द्रीय कमिटीमा योजनाबद्ध रूपमा प्रतिनिधित्व गराइनु, अनुभव र ऊर्जाबीच सन्तुलन कायम गर्नु, तथा ‘घर फर्क’ अभियानमार्फत विभिन्न पृष्ठभूमिका कम्युनिष्ट शक्तिलाई सम्मानका साथ समेट्नु महाधिवेशनका महत्वपूर्ण उपलब्धि भएको बैठकमा उल्लेख गरिएको छ।

केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा केन्द्रीय सचिवालयका निर्णयहरू अनुमोदनका लागि प्रस्तुत हुने, समसामयिक राजनीतिक रणनीति र आगामी कार्यदिशा तय गरिने बताइएको छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १ : ३३ बजे

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका