कुलमान अध्यक्ष बन्दा उनेपामा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे « Khabarhub

कुलमान अध्यक्ष बन्दा उनेपामा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० जना केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै बसेका छन् ।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच शनिबार पार्टी एकता भङ्ग हुँदा डा. जोशी समूह रास्वपामै बसेका हुन् । डा. जोशी उज्यालो नेपाल पार्टीका वार्ता संयोजक तथा दोस्रो वरीयताका नेता थिए ।

एकता टुटेपछि कुलमानले उज्यालो नेपालको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका छन् । उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान बन्दै गर्दा पार्टीका केही केन्द्रीय सदस्यहरू रास्वपामै रहेका हुन् ।

उज्यालो नेपाल पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइसकेको छ। जसमा २० केन्द्रीय सदस्यहरू एकताको निर्णयमा रहने देखिएको हो ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ४९ बजे

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन्, त्यहीँ हुन्छ नेता : नेता आचार्य

काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले बहुमत महाधिवेशन प्रतिनिधि भएको

इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु

इस्लामाबाद– पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि