सवारी दुर्घटनामा दुईजनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा दुईजनाको मृत्यु


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवैजनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरी प्रमुख सिंहले बताए ।

परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्र्याक्टर चालक सुरेश भट्ट फरार छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : ०१ बजे

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि ३२ जनाले दिए आवेदन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन

विद्युत् नियमन आयोगको पदाधिकारी पदपूर्तिका लागि उर्जा मन्त्रालयले माग्यो आवेदन

काठमाडौं– विद्युत् नियमन आयोगको रिक्त पदाधिकारी पदपूर्तिका लागि उर्जा, जलस्रोत तथा

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

तेहरान- इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा

बढ्दै सभामुख-प्रतिपक्षी तनाव : संसद्‍मा प्रधानमन्त्रीको खोजी हुँदा एमाले सांसदसँग नोकझोंक

काठमाडौं- पछिल्ला केही सातायता प्रतिनिधि सभामा प्रतिनपक्षी दलले सरकारलाई निरन्तर

साफ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौं– भारतमा साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको