विपद्का घटनामा परी ४१५ जनाको मृत्यु, सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण « Khabarhub

विपद्का घटनामा परी ४१५ जनाको मृत्यु, सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर पछिल्लो ९ महिनामा विभिन्न विपद्का घटनामा परी ४१५ जनाको मृत्यु भएको छ भने १ हजार ५९५ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुासर अनुसार वैशाख १ गतेदेखि हालसम्म ११ प्रकारका विपद्का घटनाबाट उक्त मानवीय क्षति भएको हो । प्राधिकरणले मृत्यु, घाइते, प्रभावित परिवारलगायतका विवरण संकलन गर्दै आएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण भएको छ । सर्पदंशबाट ९६ जनाको मृत्यु भएको छ भने आगलागीमा परी ६९ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, बाढीका कारण ३७, पहिरोमा परी ७०, भारी वर्षाका कारण ७, चट्याङ लागेर ४४, वन डढेलोमा १, हावाहुरीमा ८, जनावरको आक्रमणमा ४२, लेक लागेर ३५ तथा हिउँ पहिरोमा परी ६ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : ३५ बजे

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

न्यु जर्सी – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०