मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति मनाउने « Khabarhub

मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति मनाउने


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाउने भएको छ । 

नेपाल मगर संघ केन्द्रीय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस ३० देखि माघ १ गतेसम्म टुँडिखेलमा मगर संक्रान्ति  २०८२ को आयोजना गर्ने जानकारी दिएको हो ।

महोत्सवको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव एवं मूल आयोजक समितिका सदस्यसचिव टेकबहादुर नामजाली मगरले जानकारी दिए ।

महोत्सवमा मगरहरूको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषाका साथै मगर जातिको मौलिक खेल लगायत प्रदर्शन हुने उनले बताए ।

मगर समुदायका मौलिक संस्कृतिहरू नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचीकृत गराउँदै विश्वव्यापी बनाउने उद्देश्यका साथ मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव आयोजना गरिएको मगरले बताए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : ३० बजे

बढ्दै सभामुख-प्रतिपक्षी तनाव : संसद्‍मा प्रधानमन्त्रीको खोजी हुँदा एमाले सांसदसँग नोकझोंक

काठमाडौं- पछिल्ला केही सातायता प्रतिनिधि सभामा प्रतिनपक्षी दलले सरकारलाई निरन्तर

साफ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौं– भारतमा साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको

अमेरिकाले कब्जा गरेको जहाजका २० इरानी नाविक तेहरान फर्किए

काठमाडौं- अमेरिकाले कब्जा गरेको इरानी जहाजमा सवार २० जना नाभिक

कोशी लोकसेवा आयोगमा फुदोङ र ओझा नियुक्त

काठमाडौं– कोशी प्रदेशको प्रदेश लोकसेवा आयोगको सदस्यमा मोरङ उर्लाबारीका भीम

इरान युद्ध : हमला रोक्ने वा जारी राख्ने विषयमा ट्रम्प र नेतन्याहूबीच मतभेद, फोन संवादमै दुई जनाबीच विवाद

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच