‘ओ’रोमियो’ मा शाहिद कपूरको आक्रामक अवतार « Khabarhub

‘ओ’रोमियो’ मा शाहिद कपूरको आक्रामक अवतार


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड निर्देशक विशाल भारद्वाज र अभिनेता शाहिद कपूरको फिल्म ‘ओ’रोमियो’ को टीजर सार्वजनिक भएको छ । 

‘ओ’रोमियो’ विशाल भारद्वाज र शाहिद कपूरको चौथो सहकार्य हो । यसअघि उनीहरूको सहकार्यबाट बनेका ‘कामीने’, ‘हैदर’ र ‘रंगून’ ले दर्शक र समीक्षकबाट व्यापक प्रशंसा पाएका थिए । सार्वजनिक गरिएको १ मिनेट ३५ सेकेन्ड लामो टीजरले फिल्मको क्रुर , हिंसात्मक र भावनात्मक कथाको झलक दिँदै दर्शकको उत्सुकता झनै बढाएको छ । 

टीजरको सुरुवातमै शाहिद कपूरलाई कडा, उग्र र हिंसाले घिस्रिएको ‘रोमियो’ को भूमिकामा देखाइएको छ । अभिनेता  शाहिदको यो अवतारलाई उनका करिअरकै सबैभन्दा गहिरो  र गम्भीर भूमिकामध्ये एक मानिएको छ ।

टीजरभरि धेरै एक्सन दृश्यहरू देखाइएका छन्, जसले फिल्म केवल प्रेमकथामा सीमित नभई हिंसा, बदला र मानवीय संवेदनाको गहिरो द्वन्द्व प्रस्तुत गर्ने संकेत दिएको छ ।

टीजरमा अभिनेत्री तृप्ति डिम्री, दिशा पटानी, विक्रान्त मैसी, तमन्ना भाटिया, अविनाश तिवारी, फरीदा जलाल र नाना पाटेकरका छोटा तर प्रभावशाली झलकहरूले कथामा विभिन्न तह र मोड आउने संकेत दिएका छन् । विशेषगरी नाना पाटेकर र विक्रान्त मैसीको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

फिल्मलाई निर्माता साजिद नाडियाडवालाले निर्माण गरेका हुन् भने निर्देशन विशाल भारद्वाजले गरेका छन् । नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म २०२६ फेब्रुअरी १३, भ्यालेन्टाइन हप्ताको अवसर पारेर सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १२ : १५ बजे

‘साइलेन्ट किलर’ बन्दै रेबिज : सरकारको ढिलासुस्ती र बेवास्ताले देशैभर छैन खोप

काठमाडौं- काठमाडौँको चन्द्रागिरिका एकजना ४८ वर्षीय पुरुषलाई केही महिनाअघि घरकै

रास्वपा महाधिवेशन १० गतेसम्म लम्बियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन १० गतेसम्म

रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रतिनिधि

रास्वपा महाधिवेशन : बन्दसत्र रोकेर छलफलमा जुट्ने नेताहरू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सोमबार हुने भनिएको बन्दसत्र

जेलेन्स्कीले स्टार्मरको युक्रेन समर्थनको प्रशंसा गरे, रूसले भने नीतिमा परिवर्तन नहुने प्रतिक्रिया

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको युक्रेनलाई