मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध « Khabarhub

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ । मुस्ताङको घरपझोङ-३ स्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हावाका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जनाएको हो ।

थासाङ गाउँपालिका-४ मिसीस्थित केन्द्रिय विद्युत् प्रसारण लाइनको खम्बामा हावाहुरीले क्षति पुर्‍याएपछि नियमित प्रसारण भइरहेको विद्युत् ४८ घण्टादेखि अवरुद्ध भएको विद्युत् वितरण संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिए ।

उनका अनुसार सुरुमा थासाङ-२ स्थित ३३ केभी सवस्टेसन मर्मतका लागि सेवा अवरुद्ध गरिएकामा आइतबार राति आएको हावाहुरीले विद्युत्का खम्बामा क्षति पुर्‍याएपछि सेवा अवरुद्ध भएको हो ।

कार्यालय प्रमुख थकालीले खम्बामा क्षति भएका स्थानमा विद्युत् प्राधिकरणका प्राविधिक टोली मर्मतका लागि परिचालित भइसकेका जानकारी दिए । थासाङ-२ कोवाङमा प्राधिकरणको ३३ केभी सवस्टेसन रह पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा विद्युत् प्रसारणमा समस्या हुँदै आएको छ । 

थासाङ-१ टुकुचेमा १३ मेगावाट क्षमताको थापाखोला हाइड्रोले विद्युत् उत्पादन गरिरहे पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा केन्द्रीय प्रसारण लाइनमा प्राविधिक समस्या आएमा मुस्ताङ अन्धकारमय हुने गरेको प्रमुख थकालीले बताए।

थापाखोला हाइड्रोले उत्पादित विद्युत् प्राधिकरण वितरण गर्दै आएको छ । जिल्लाका माथिल्लो क्षेत्रमा प्राधिकरणको पहुँच स्थापित नहुँदा मुस्ताङमा पटकपटक विद्युतीय समस्या उत्पन्न हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

हिउँदयामको अत्यधिक चिसो मौसममा विद्युत् आपूर्ति बन्द हुँदा सरकारी कार्यालयका नियमित कामकाजका साथै स्थानीयलाई टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्नलगायत दैनिक काममा समस्या परेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले उल्लेख गरे ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  २ : ४९ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न