ताइवान आसपास चीनले गरेको सैन्य अभ्यासले अनावश्यक तनाव पैदा गर्छ : अमेरिका « Khabarhub

ताइवान आसपास चीनले गरेको सैन्य अभ्यासले अनावश्यक तनाव पैदा गर्छ : अमेरिका


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले ताइवान आसपास चीनले गरेको सैन्य अभ्यासले अनावश्यक तनाव पैदा गर्ने टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सैन्य अभ्यासबाट अनावश्यक तनाव सिर्जना हुने जनाएको हो ।

चीनले ताइवानमाथि नाकाबन्दी लगाउने पूर्वातयारीस्वरुप सैन्य अभ्यास गरेको जनाइएको छ । अमेरिकाले चीनलाई संयमता अपनाउन पनि आग्रह गरेको छ ।

चिनियाँ सैन्य अभ्यास र ताइवान तथा अन्य क्षेत्रीय मुलुकविरुद्ध प्रयोग भएका खरो टिप्पणीले अनावश्यक तनाव बढाउने अमेरिकी जिकिर छ । अमेरिकाले ताइवानमाथि सैन्य दबाब कम गर्न र अर्थपूर्ण संवादमा जुट्न पनि चीनलाई आग्रह गरेको छ ।

विदेश मन्त्रालयले अमेरिका सधैँ क्षेत्रीय शान्ति र स्थीरताको पक्षमा रहेको पनि स्पष्ट पारेको छ । सैन्य दबाब वा धम्की दिएर एकपक्षीय रुपमा यथास्थितीलाई परिवर्तन गर्ने कुनै पनि कदमको विपक्षमा रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : १६ बजे

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक