तिहार बिदामा पनि निगमको डिपो खुल्ने | Khabarhub Khabarhub

तिहार बिदामा पनि निगमको डिपो खुल्ने


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निमगले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ । चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले निगमले डिपो खुला राख्ने भएको हो ।

इन्धनको अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ ।

उपत्यकामा इन्धन आपूर्तिमा कुनै समस्या नआओस् भनेर थानकोटस्थित डिपो सोमबारसम्म पूर्णरुपमा खुल्ने डिपो प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । अन्य स्थानको तुलनामा काठमाडौँ उपत्यकामा इन्धनको माग ज्यादा हुने गर्दछ ।

इन्धनको कुनै अभाव हुन नदिन तिहारकका बेला आवश्कयताअनुसार डिपो खोल्ने व्यवस्था मिलाइएको उनले बताए । थानकोटस्थित डिपोमा पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ ।

निगमले पेट्रोल पम्पलाई पनि पर्याप्त इन्धन मौज्दात राख्न आग्रह गरेको छ । बिदाका समयमा इन्धनको माग भएमा वितरण प्रणालीलाई सहज बनाउन प्राविधिकसहित १५ कर्मचारीलाई आवश्यकताअनुसार खटाइएको प्रमुख उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ३ : ५० बजे

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल

राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा