‘मर्दानी ३’ मा शिवानी शिवाजी रोयको खतरनाक मिशन, रानी मुखर्जीको दमदार अवतार फर्किँदै « Khabarhub

‘मर्दानी ३’ मा शिवानी शिवाजी रोयको खतरनाक मिशन, रानी मुखर्जीको दमदार अवतार फर्किँदै


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडकी सशक्त अभिनेत्री रानी मुखर्जी फेरि आफ्नो चर्चित भूमिका शिवानी शिवाजी रोयका रूपमा दर्शकमाझ फर्किँदैछिन् । क्राइम–थ्रिलर फ्रेन्चाइज ‘मर्दानी ३’ को हालै सार्वजनिक ट्रेलरले फिल्म अझै गम्भीर, डर लाग्दो र भावनात्मक हुने संकेत गरेको छ ।

यस पटकको कथाले देशभर रहस्यमय रूपमा हराइरहेका किशोरीहरूको मुद्दालाई केन्द्रमा राखेको छ । न्यायका लागि कुनै पनि हद पार गर्न तयार निडर प्रहरीको रूपमा शिवानीको संघर्ष ट्रेलरभर देख्न सकिन्छ । कडा भिडन्त, तनावपूर्ण अनुसन्धान र भावनात्मक दृश्यहरूले फिल्मलाई थप प्रभावशाली बनाएको छ ।

अघिल्ला भागहरूमा मानव बेचबिखन र हिंसाजस्ता सामाजिक विषय उठाएको ‘मर्दानी’ सिरिजले यस पटक पनि समाजको संवेदनशील सत्यलाई पर्दामा उतारेको छ । महिला केन्द्रित थ्रिलरको रूपमा यो फ्रेन्चाइजले हिन्दी सिनेमामा छुट्टै पहिचान बनाइसकेको छ ।

फिल्मको निर्देशन अभिराज मिनावालाले गरेका हुन् भने आदित्य चोपडाको निर्माणमा यशराज फिल्म्सले निर्माण गरेको हो । निर्माताले फिल्मको रिलिज मिति अघि सार्दै जनवरी ३०, २०२६ मा सिनेमाघरमा ल्याउने घोषणा गरेका छन् ।

ट्रेलर सार्वजनिक भएसँगै रानी मुखर्जीको सशक्त अभिनय र गम्भीर कथावस्तुलाई लिएर दर्शकबीच उत्साह बढेको छ । सामाजिक सन्देश, कडा यथार्थ र दमदार अभिनयको संयोजनका कारण ‘मर्दानी ३’ २०२६ को प्रतिक्षित मनोरञ्जनात्मक फिल्ममध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ११ : ५६ बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा