सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने « Khabarhub

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आबद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराइएको छ । 

सेजनले प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमासहित कुल सात लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको हो ।

स्वास्थ्य तथा दुर्घटना बिमाको लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अञ्जु श्रेष्ठले सेजनका अध्यक्ष भागवत भट्टराईलाई औपचारिक रूपमा बिमा पोलिसी हस्तान्तरण गरेकी हुन् ।

सम्झौता कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिइओ अञ्जु श्रेष्ठले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बिमा सेवा दिन पाउनु खुसीको विषय भएको बताइन् । 

उनले सबै नेपालीलाई बिमाको दायरामा ल्याउन आवश्यक रहेको धारणा राख्दै बीमाको महत्त्वबारे अझै नागरिकलाई पर्याप्त रूपमा बुझाउन नसकिएको उल्लेख गरिन् ।

‘बिमा गर्दा हुने फाइदा राम्रोसँग बुझाउन नसक्दा क्षति न्यूनीकरण हुन सकेको छैन’, उनले भनिन्, ‘आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संगठनको हैसियतले सेजनले बिमाको महत्त्व र फाइदाबारे सर्वसाधारणलाई बुझाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।’

सेजनले सदस्यहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमार्फत करिब १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गराएको अध्यक्ष भट्टराईले बताए।

स्वास्थ्य बिमा योजनाअन्तर्गत सेजनका सदस्यले अस्पताल भर्ना हुने बित्तिकै बिमाको सुविधा पाउनेछन् । बिमाले माइनर सर्जरीका लागि १५ हजार रुपैयाँ, आकस्मिक सर्जरीका लागि ३० हजार रुपैयाँ र ठूला सर्जरीका लागि ४० हजार रुपैयाँसम्मको कभरेज प्रदान गर्नेछ ।

यसका साथै अस्पतालमा भर्ना भएपछि लाग्ने बेड चार्ज, चिकित्सक शुल्क तथा औषधि उपचारसम्बन्धी खर्चसमेत बिमा कभरेजभित्र समेटिने व्यवस्था गरिएको अध्यक्ष भट्टराइले जानकारी दिए ।

सामूहिक दुर्घटना बिमा अन्तर्गत सेजनका सदस्यले दुर्घटना एक मात्र प्रत्यक्ष कारणबाट शारीरिक क्षति भएमा अधिकतम सात लाख रुपैयाँसम्मको कभरेज प्राप्त गर्नेछन् । दुर्घटनाका कारण अस्पताल भर्ना हुनुपरेमा उपचार खर्चका रूपमा पनि सात लाख रुपैयाँसम्मको सुविधा उपलब्ध हुने सेजनले जनाएको छ।

अध्यक्ष भट्टराईका अनुसार यो बिमा पोलिसी कार्यान्वयनमा आइसकेको छ र अबको एक वर्षसम्म संस्थामा आबद्ध सम्पूर्ण सदस्यले यसबाट लाभ लिन सक्नेछन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने, ‘हामीले आफ्ना सबै सदस्यको व्यावसायिक क्षमता अभिवृद्धि लगायतका काम गर्दै आएका छौँ, जुन सधैँ कायम रहन्छ। सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै यस पटक हामीले संस्थाको कोषबाट सबै सदस्यको बिमा गरेका हौँ।’

उनले सदस्यको हितमा काम गर्नु संस्थाको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : १२ बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा