दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न जुटे कांग्रेस नेताहरू « Khabarhub

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न जुटे कांग्रेस नेताहरू


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि नेताहरू जुटेका छन् ।

सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखक नपुग्दा वार्ता केहीबेर ढिलो हुन पुगेको छ।

वार्तास्थल पुगेका नेता देवराज चालिसेले अन्य सबै प्रतिनिधि आइसके पनि रमेश लेखकलाई कुरिरहेको बताएका छन् ।

देउवाले वार्तामा खटाएका पूर्वगृहमन्त्रीसमेत रहेका लेखक पुगेपछि मात्रै औपचारिक वार्ता सुरु हुने चालिसेले बताएका छन् ।

यता कांग्रेस नेता डा. चन्द्र भण्डारीले पार्टी फुटाउने उद्देश्यका कुनै पनि सभामा सहभागी नहुने बताएका छन्

उनी अहिले भृकुटीमण्डपको विशेष महाधिवेशनस्थल छाडेर सानेपा पुगेका छन्। उनले पार्टी एकता कमजोर पार्ने गतिविधिमा आफू संलग्न नहुने बताएका छन् ।

उनी र सुनील शर्मा दुवैजना विशेष महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । तर अब विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया थालेसँगै दुवै नेता भृकुटीमण्डपबाट बाहिरिएका हुन् ।

कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान पहिलो चरणको त्रिपक्षीय वार्ता बिनानिष्कर्ष सकिएको थियो । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले मंगलबार बिहान विशेष महाधिवेशनको दोस्रो दिन निर्वाचन प्रक्रिया अगाडि बढाउँदै गर्दा भएको त्रिपक्षीय वार्ता भएको थियो ।

सहमतिका लागि बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता भएको थियो ।

यो वार्ताका कारण नेपाली कांग्रेस संस्थापनले डाकेको केन्द्रीय कार्यसमिति बैठक पनि बिहान ११ बजेदेखि दिउँसो १ बजेलाई सारिएको थियो । अहिलेसम्म केन्द्रीय समिति पनि बस्न सकेको छैन ।

यता विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम पनि साँझ ५ बजेसम्मका लागि सारिएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ता समय साँझ ५ बजेसम्मलाई सारेको हो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : २८ बजे

कांग्रेसको निष्कर्ष : सुकुम्वासीमाथि सरकारी व्यवहार ‘अमानवीय’, सार्वजनिक महत्वको प्रस्ताव लैजान आग्रह

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी

मधेस प्रदेशसभा : प्रदेश विनियोजन विधेयकमाथि छलफल

जनकपुरधाम– मधेस प्रदेशसभामा मधेस प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका