खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको सुझाव : दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुहोस्, सहयोग गर्छौँ « Khabarhub

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको सुझाव : दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुहोस्, सहयोग गर्छौँ


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले पूर्वतयारी नगरेको बताएका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासहितको प्रतिनिधिमण्डलसँग आज सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कडेलले प्रतियोगितको मिति मात्र तोकेर नहुने भन्दै आफनो तर्फबाट तयारी गर्न सुझाव दिएका हुन् ।

मुख्यमन्त्री कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए । छलफलमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोक्ने संघीय सरकारले अहिलेसम्म तयारी नगरेकोमा असन्तुष्टी जनाए ।

उनले भने, ‘हाम्रो तपाईहरु खेलकुद खेलाउने गरि आउनुस हाम्रो हाम्रो तर्फवाट पूर्ण सहयोग रहन्छ, तर पटक पटक मिति तोकेर झुक्याउने काम नगर्नुहोस् ।’

मुख्यमन्त्री कँडेलले खेलकुदका लागि चाहिने सामाग्रीसमेत खरिद नगरेकोले फागुणमा कसरी खेल खेलाउनुहुन्छ भन्ने प्रश्न समेत गरे । उनले भने, ‘अहिलेसम्म खेलका लागि चाहिने सामान खरिद प्रक्रियासमेत गर्नु भएको रहनेछ, एक महिनामा कसरी खेल खेलाउने गरि तयारी गर्नुहुन्छ ?’

मुख्यमन्त्री कँडेलले कर्णालीमा राष्ट्रिय खेलकुद उद्घाटन गरेर अन्तै खेलाउने काम प्रदेश सरकारले स्वीकार नगर्ने बताए । मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोकेर खेल नगराउने तर प्रदेश सरकारको जिम्मा छोडने काममा असन्तुष्टी जनाए । उनले भने, तपाईहरुको कारणले प्रतियोगितको मिति सरिरहेको छ, जनतालाई ढाटने काम नगर्नुहोस् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ३४ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको