पाकिस्तानी राष्ट्रपति र बङ्गालदेशी प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता « Khabarhub

पाकिस्तानी राष्ट्रपति र बङ्गालदेशी प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच शनिबार बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ ।

अजरबैजानमा भइरहेको असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा उनीहरूबीच सो भेटघाट भएको हो । भेटघाटमा उनीहरुबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

दुई नेताबीच हाल अवरुद्ध भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रक्रिया र यसलाई पुनःआफ्नो मार्गमा ल्याउन नेपाल तथा बङ्गलादेशले संयुक्तरुपमा गर्नसक्ने कार्यका विषयमा पनि छलफल भएको थियो ।

यसैगरी बाकु कङ्ग्रेस केन्द्रमै प्रधानमन्त्री ओली र पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीबीच शनिबारै भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच दुईपक्षीय चासोका विषयमा छलफल भएको छ । हिन्दू कुश हिमालयमा मौसम परिवर्तनले पारेको नकारात्मक प्रभाव, सार्कको अवरुद्ध प्रक्रिया र दुवै मुलुकले भोगेका विद्यमान तथा उदाउँदा चुनौतीका विषयमा उनीहरुबीच छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

बैठकका समयमा नेताहरुले सार्कका सदस्य मुलुकबीच मतभेद कम गरी यसलाई पुनःसक्रिय बनाउनुपर्ने तथा क्षेत्रीय शान्तिलाई प्रवर्धन गर्नुपर्ने कुरामा छलफल गरेको मन्त्री ज्ञवालीले बताए ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ अजरबैजानका राष्ट्रपति तथा १८ औँ नाम शिखर सम्मेलनका अध्यक्ष इल्हाम अलियभसँग शिखर बैठकका प्रतिनिधिमण्डलका नेताहरुका लागि आयोजित रात्रिभोजमा भेटवार्ता गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति अलियभलाई शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकामा धन्यवाद तथा अभियानप्रति नेपालको पूर्ण प्रतिवद्धता रहेको बताएका थिए । उनले आउँदा तीन वर्षमा असंलग्न अभियानका सञ्चालनमा अजरबैजानलाई सकेसम्म सहयोग गर्ने बचन दिएको पनि मन्त्री ज्ञवालीले उल्लेख गरे ।

पाकिस्तानका राष्ट्रपति तथा बङ्गलादेशका प्रधानमन्त्रीसँगको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि उपस्थित थिए ।

यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले जिबुटीका विदेशमन्त्री महमुद अली युसफसँग भेटवार्ता गरेका छन् । दुई मुलुकबीच आपसी अभिरुचिका विषयमा छलफल हुनाका साथै संयुक्त राष्ट्र सङ्घ र अन्तरराष्ट्रिय मञ्चमा आपसी मुद्दामा सहयोग गर्ने सहमति उनीहरुबीच भएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ६ : ०४ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी