विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने « Khabarhub

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रुपमा सञ्चालन हुने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएका छन् ।

नेपाली टोलीले स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गर्ना साथ श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । नेपालले श्रीलङ्कामा त्यहाँको ‘ए’ टोली र भारतमा मुम्बई क्रिकेट एसोसिएनसनको टोलीसँग अभ्यास खेल खेल्नेछ ।

नेपाली टोली हाल रुपन्देहीको ‘एक्स्ट्राटेक ओभल’मा अभ्यास गरिरहेको छ । नेपाली टोली सुरुमा श्रीलङ्का र त्यसपछि अन्तिम तयारी गर्न भारतको मुम्बईमा जानेछ । नेपाली टोली अर्को साता श्रीलङ्का जाने क्यानले जनाएको छ । करिब एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई फकिने क्यानले जनाएको छ ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ८ : ४१ बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को