माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू) « Khabarhub

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड) बनाउन भ्याइनभ्याइ छ । चाडपर्वको मुखमा नगदको आवश्यकता टार्न किसानहरूले सरकारी दररेट र चिनी मिलको आकर्षक मूल्य छोडेर स्थानीय ‘क्रसर’ उद्योगलाई उखु बेच्न थालेका छन्।

हाल चिनी मिलहरूले उखुको मूल्य प्रति क्विन्टल ६७५ सम्म दिने गरेका छन् । तर, स्थानीय सखर उद्योग (क्रसर) ले भने प्रति क्विन्टल ६०० मात्र दिन्छन् । क्विन्टलमै ७५ रुपैयाँको घाटा खाएर पनि किसानहरू स्थानीय उद्योगमै आकर्षित हुनुको मुख्य कारण हो– ‘भुक्तानीको समय।’

चिनी मिललाई उखु बेच्दा भुक्तानी पाउन ७ देखि ८ महिना कुर्नुपर्ने बाध्यता छ । उता, स्थानीय सखर उद्योगले भने १५ देखि २० दिनभित्रै नगद भुक्तानी दिने गरेका छन् । ‘मिललाई उधारो दिएर महिनौँ कुर्नुभन्दा, अलि सस्तोमै भएपनि १५ दिनमा पैसा आउँदा घरखर्च र चाडपर्व टार्न सजिलो हुन्छ’, एक स्थानीय किसानले बताए।

स्थानीय स्तरमा सञ्चालित यी सखर उद्योगहरूले ग्रामीण अर्थतन्त्रमा टेवा पुर्‍याएका छन् । एक क्विन्टल सखर तयार पार्न करिब ७ क्विन्टल उखु खपत हुने किसानहरूको अनुभव छ ।

यी साना उद्योगहरूले स्थानीय स्तरमै रोजगारी समेत सिर्जना गरेका छन्, जसले गर्दा युवाहरूले गाउँमै काम पाएका छन्।

जाडो याममा तराईमा चल्ने शीतलहरले सखर उत्पादनमा पनि चुनौती थपेको छ । सखर पकाउन सामान्यतया उखु पेलेर निस्कने ‘छोकरा’ (बगास) सुकाएर इन्धनको रूपमा प्रयोग गरिन्छ, जसले दाउराको खर्च बचाउँछ । तर, घाम नलाग्दा र शीतलहर चल्दा छोक्रा नसुक्ने समस्या हुन्छ । यस्तो अवस्थामा किसानहरूले महँगो मूल्यमा दाउरा किनेर सखर पकाउनु परिरहेको छ।

माघे सङ्क्रान्तिमा सखरको माग उच्च हुने हुँदा जतिसुकै दुःख भएपनि किसानहरू उपभोक्ताको माग पूरा गर्न र आफ्नो गर्जो टार्न दिनरात खटिएका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रारी

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : १४ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्