काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउन अध्ययन थालिने « Khabarhub

काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउन अध्ययन थालिने


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणार्थ तत्काल अध्ययन शुरु हुने बताएका छन् ।

बनेपा नगरपालिका–१२ बाँसडोलस्थित वडा कार्यालयद्वारा विभिन्न चाडपर्वका अवसरमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउन केही हप्ताभित्रै अध्ययन शुरु हुने बताएका हुन् ।

मन्त्री बाँस्कोटाले भने, “संसदीय समितिले गत वर्ष चासो नपरेको विषयमा चासो दिएर काभ्रेपलाञ्चोकमा ‘बनाउनै पर्दैन’ भन्ने विवाद निकालेपछि रोकियो, यस वर्ष विस्तृत परियोजना प्रतिवदेन (डिपीआर) बनाउन बजेट पनि छुट्याइएको छ, अब तत्काल डिपीआरको काम शुरु हुन्छ ।”

उनले डिपीआर तथा अन्य केही प्राविधिक कार्यका लागि २५ करोड रुपैयाँ छुट्याएको उल्लेख गर्दै हवाई उड्डयन प्राधिकरणका निर्देशकलाई छिटोछिटो डिपीआर बनाउन निर्देशन दिएको बताए ।

मन्त्री बाँस्कोटाले भने “प्राधिकरणका निर्देशक डिपीआर बनाउने विषयमा तयारी गर्दै हुनुहुन्छ, डिपीआर प्राविधिक विषय हो, मिल्ने भए बन्छ नभए बन्दैन ।” काठमाडौँबाट नजिक भएकाले काभ्रेपलाञ्चोकलाई विमानस्थलका लागि पहिलो प्राथमिकता दिएको उनको तर्क थियो ।

मन्त्री बाँस्कोटाले काठमाडौँमा समयसमयमा हवाई ट्राफिक जाम भई समस्या सिर्जित भएकाले नजिकै एउटा विमानस्थल आवश्यक भइसकेको बताए । उनले भने, “काठमाडौँको नजिक काभ्रेपलाञ्चोक भेटिएकाले डिपीआर गर्न लगाइएको हो, अन्तै नजिक भेटिए अन्तै लगे पनि हुन्छ, काभ्रेपलाञ्चोक नै चाहिएको छ भनेका छैनौँ ।”

उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बन्दा यहाँका बासिन्दाले काठमाडौँ जान हवाइजहाज चढ्न नपरे पनि बाटोको विकाससँगै आर्थिक चहलपहल तथा रोजगारी सिर्जना हुने धारणा व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकमा विमानस्थल बन्दा हिमाली उडानलाई समेत सजिलो हुने बताए । “हामी काठमाडौँको नजिक विमानस्थल बनाउने विषयमा थाकेका छैनौँ, प्राविधिकका अनुसार रु सात अर्ब लाग्नेछ, बजेट अपुग भए थप्न पनि सकिन्छ”, उनले भने, “अब पनि संसदीय समितिले चासो दिने भए विचार पुर्‍याएर चासो देओस् ।”

मन्त्री बाँस्कोटाले शनिबारै अनलाइन मिडिया सञ्जालद्वारा बनेपामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समग्र मिडिया डिजिटिलाइजेसन हुँदै गएको उल्लेख गर्दै विश्वव्यापीरुपमा समस्या सिर्जना हुँदै गएकामा दुःख व्यक्त गर्नुभयो ।

उनले भने, “अब मुलुक डिजिटल इकोनोमीतर्फ लागिरहेको छ, सामाजिक सञ्जाल र मिडियाबारे स्पष्ट हुन जरुरी छ, सदुपयोग गलत छ कि, सही छ भन्ने कोणबाट अध्ययन गर्नु आवश्यक छ ।” उनले प्रत्येक वर्ष इनटरनेटका २५ लाख नयाँ ग्राहक थपिँदै गएको, कूल इन्टरनेट प्रयोगकर्तामध्ये ९० लाखले फेसबुक र ४० लाखले ट्वीटर चलाउने गरेको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ९ : ४० बजे

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र

एमाले पदाधिकारीमा पृथ्वी सुब्बालाई सर्वाधिक मत, यी हुन् धेरै भोट ल्याउने १० नेता

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये उपाध्यक्ष पृथ्वी

तेस्रो पटक अध्यक्ष निर्वाचित भएपछि भृकुटीमण्डपमा पुगे ओली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका

काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकहुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालवाहक सवारी टिपर सञ्चालनमा

गोदरेज अप्लायन्सेसको उपभोक्ता अभियान : टी-२० वर्ल्डकप प्रत्यक्ष हेर्ने मौका

काठमाडौं– गोदरेज अप्लायन्सेसले ‘सोचविचार गरेर छनौट गर्नुहोस्, सबैभन्दा ठूलो आवाज बन्नुहोस्’ नामक