अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा « Khabarhub

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को सफलता र लोकप्रियतापछि यसको सिक्वेल ‘धुरन्धर २’ को तयारीमा छ।

फिल्मफेयरका अनुसार, पहिलो भागमा मारिएका पात्र ‘रहमान डकैत’को भूमिकामा देखिएका अक्षय खन्ना दोस्रो भागमा फर्कन लागेका छन्।

निर्माताहरूले ‘धुरन्धर २’मा रहमान डकैतको पृष्ठभूमि कथा विशेष रूपमा प्रस्तुत गर्ने योजना बनाएका छन्। फिल्मको प्रदर्शन मार्च १९, २०२६ इदका अवसरमा हुने औपचारिक घोषणा गरिसकिएको छ।

‘धुरन्धर’ पहिलो भागले रिलिज भएको तीन सातामै ५०० करोड रुपैयाँभन्दा बढीको विश्वव्यापी व्यापार गर्दै फ्रेन्चाइजका लागि बलियो संकेत दिएको थियो।

यसमा रणवीर सिंहसँगै सञ्जय दत्त, आर. माधवन, अक्षय खन्ना, आदित्य र अर्जुन रामपाल जस्ता कलाकारहरूको अभिनय विशेष उल्लेखनीय रहेको थियो।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ४ : ३५ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल