विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त « Khabarhub

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई नेपाली टिमको बलिङ कोचको रुपमा भित्र्याएको छ। बिहीबार क्यानले हार्भेलाई बलिङ कन्सलट्यान्ट प्रशिक्षक नियुक्त गरेको हो।

विश्वकप तयारीमा रहेको नेपाली टिमका लागि क्यानले उनलाई नियुक्त गरेको हो। ५३ वर्षीय इयानले सन् १९९७ देखि २००४ सम्म अस्टे«लियाबाट ७३ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेका छन्। क्रिकइन्फोले उल्लेख गरे अनुसार उनीसँग १६५ फष्ट क्लास, ३०५ लिष्ट ए र ५४ टी–२० खेलमा प्रतिस्पर्धा गरेको अनुभव छ।

नेपाली टोलीको मुख्य प्रशिक्षक अस्ट्रेलियाकै पूर्वक्रिकेटर स्टुअर्ट ल छन्। यो नियुक्तिसँगै अब प्रमुख प्रशिक्षकदेखि बलिङ प्रशिक्षकसम्म अस्ट्रेलियन मुलका व्यक्ति भएका छन्। नेपालले आगामी महिना तेस्रोपटक टी–२० विश्वकप खेल्दैछन्। त्यसकै तयारीका लागि क्यानले नयाँ बलिङ कोच ल्याएको हो।

विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले बंगलादेश, इंग्ल्याण्ड, इटाली र वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले समूह चरणका सबै खेल भारतमा खेल्दैछ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ५० बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को