कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण « Khabarhub

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन आयोगमा आधिकारिता दाबी गर्दै केही प्रमाण बुझाएको छ ।

कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसा भण्डारीलाई बुझाएका हुन् ।

विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति भएपछि देउवा समूह वैधानिकताका लागि दबाब दिन शुक्रबार बिहानै कान्तिपथस्थित निर्वाचन आयोग पुगेको हो।

कार्यवाहक सभापति खड्का, धनराज गुरुङ, बिमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेतसँगै देउवा समूहका केन्द्रीय सदस्य दबाब दिन आयोग पुगेका हुन् ।

गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसमा देउवा समूह आधिकारिकता दाबी गर्दै केही कागजपत्र र प्रमाणसहित आयोग पुगेको हो ।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन पक्षले बिहीबार आधिकारिकता माग्दै आयोगमा निवेदन दिएको छ। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि आधिकारिकताका लागि दुवै पक्षले आयोगमा दबाब बढाएका छन्।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : ०८ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल