गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा  « Khabarhub

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई छिटो र सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । 

यो निःशुल्क एम्बुलेन्स सेवा काठमाडौंको रिङरोडभित्र रहेका गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेहरूका लागि मात्र लागू हुने जनाइएको छ ।

सेवा माघ १ गतेदेखि औपचारिक रूपमा सुरु भएको हो । अस्पतालका अनुसार निःशुल्क एम्बुलेन्स सेवा सातै दिन २४ सै घण्टा सञ्चालन हुनेछ । 

आपतकालीन अवस्थामा बिरामी वा घाइतेको शीघ्र उद्धार गरी विश्वासिलो र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको नर्भिकले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : ३३ बजे

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासनु

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली