वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गरेका छन् । यो प्यालेष्टाइनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो । सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले परिषद्को गठन भएको घोषणा गर्नु ठूलो सम्मानको कुरा भएको उल्लेख गर्दै यसका सदस्यहरूको सूची चाँडै सार्वजनिक हुने बताएका छन् ।
उनले परिषद्लाई सबैभन्दा ठूलो र सबैभन्दा प्रतिष्ठित परिषदको रूपमा वर्णनसमेत गरेका छन् । शान्ति परिषद्को प्रमुखको हैसियतमा उनले नयाँ नियुक्त प्यालेस्टिनी प्राविधिक समिति र संक्रमणकालीन अवधिमा गाजाको प्रशासन हेर्ने राष्ट्रिय समितिलाई समर्थन गरेको बताउदै प्यालेष्टाइनी नेताहरू शान्तिपूर्ण भविष्यका लागि दृढ प्रतिबद्ध रहेको जनाएका छन् ।
युद्धपछिको अवधिमा गाजाको व्यवस्थापन गर्न १५ सदस्यीय प्यालेष्टाइनी प्राविधिक समिति गठन भएको केही समयपछि यो घोषणा आएको हो ।
अमेरिका समर्थित गाजा शान्ति योजना गत अक्टोबर– १० देखि लागू भएको थियो भने यस क्षेत्रमा अन्तर्राष्ट्रिय बलको तैनाथीका साथै प्यालेष्टाइनी प्रहरी एकाइहरूको प्रशिक्षणको प्रावधान समावेश छ । अमेरिकी मध्यपूर्वका दूत स्टिभ विटकोफका अनुसार बुधबार देखि लागू भएको योजनाको दोस्रो चरण गाजा पट्टीको पुनर्निर्माणमा केन्द्रित छ ।













प्रतिक्रिया