अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा ! « Khabarhub

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा छ। अहिलेसम्म दुवैले यसबारे कुनै आधिकारिक पुष्टि गरेका छैनन्। दुवैले आफ्नै शैलीमा निजी विवाह समारोह गर्ने योजना बनाएको चर्चा सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको छ।

भारतीय मिडियाका रिपोर्टअनुसार, दुवैले भ्यालेन्टाइन्स डेको (१४ फेब्रुअरी) आफ्ना परिवार र नजिकका साथीहरूको उपस्थितिमा निजी विवाह समारोह गर्ने योजना बनाएको दाबी गरिएको छ। यो हल्ला भने नयाँ होइन। सन् २०२५ को अगस्टमा अभिनेता धनुष फिल्म ‘सन अफ सरदार २’ को प्रिमियरमा उपस्थित थिए, जुन फिल्म नायिकामा मृणाल मुख्य भूमिकामा थिइन्।

प्रिमियरको दौरान दुवैको साइड हग र सम्भावित हात समाउने दृश्यले हल्लालाई थप बल पुगेको थियो। मृणालले पछि ओनली कोलिवुडसँगको अन्तरवार्तामा धनुष केवल “राम्रो साथी” मात्र हुन् र प्रिमियरमा धनुषलाइ अजय देवगनले निम्ता दिएको बताएकी थिइन् ।

उनले दुवैलाई जोडिएको हल्लालाई ‘हास्यास्पद’ ठहराएकी थिइन्। तर हाल न्यूज १८ का अनुसार, अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर वास्तवमै डेटिङ गर्दैछन्। यो हल्लाले फ्यानहरूमा भ्यालेन्टाइन्स डेको दिन के विशेष हुनेछ? भन्ने उत्सुकता बढाएको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : २८ बजे

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन

रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं- सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे

मुस्ताङ- मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको