धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू) « Khabarhub

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने भन्दै झापा क्षेत्र नम्बर ५ मा उठ्न कस्सिएका बालेन्द्र साहका लागि दमकस्थित एउटा घर मर्मत थालिएको छ।

बिहीबारदेखि उनका सहयोगीले दमक नगरपालिका-५ मा बालेनलाई राख्ने घरको अहिले धमाधम सजाउने काम भइरहेको छ।

उक्त घर रास्वपा नेतृ विन्दु सिटौला ‘लक्की’को हो । त्यही घरमा बसेर बालेनले झापा ५ को चुनावी प्रचार गर्ने भएका छन् ।

बालेन माघ ५ गते झापा पुग्ने चर्चा छ । उक्त घर उपलब्ध गराएकी विन्दुले यसअघि रास्वपाले समानुपातिक सूचीका लागि गरेको प्राइमरी इलेक्सनमा भाग लिएकी थिइन् ।  

बालेनका लागि अरू दुईवटा घरको पनि अहिले खोजी भइरहेको छ। पहिले भेटिएको एउटा घर कुरा भएर पनि धनीले दिन अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : २७ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा