ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे « Khabarhub

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र खाली राखेका छन् ।

रुकुम पूर्व र झापा क्षेत्र नम्बर ३ लाई ओलीले राजनीतिक बार्गेनिङको औजारका रूपमा सुरक्षित राखेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गतेको चुनाव पूर्वी रुकुमबाट लड्ने बताइसकेका छन् ।

उनले ३ माघमा रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले रूकुम पूर्वबाट चुनाव लड्ने बताएका थिए ।

शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकले ओली झापा–५ बाटै उम्मेदवार बन्ने निर्णय गर्‍यो। यो ओलीको परम्परागत क्षेत्र हो ।

२०४८ सालदेखि उनले यही क्षेत्रबाट चुनाव जित्दै आएका छन् । २०६४ सालमा मात्रै उनी पराजित भएका थिए । क्षेत्र फेर्ने चर्चा भए पनि अन्ततः ओली पुरानै क्षेत्रमा अडिग भएका छन् ।

तर झापा–३ र रुकुम पूर्व भने सूचीमा खाली राखियो । यो संयोग होइन, उनको परम्परागत रणनीति भनिएको छ ।

झापा–३ मा एमाले र राप्रपा अध्यक्ष लिङ्देनबीच पुरानै समीकरण छ । एमालेले ३ मा सघाउँदा ५ मा राप्रपाले ओलीलाई जिताउन साथ दिने गरेको छ ।

झापा क्षेत्र नम्बर ३ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको परम्परागत क्षेत्र हो। २०७४ र २०७९ को निर्वाचनमा एमालेले प्रत्यक्ष उम्मेदवार नउठाएर लिङ्देनलाई सघारेको थियो । दुवै चुनाव लिङ्देनले जिते ।

यसपटक पनि ओलीले झापा–३ मा उम्मेदवार नतोकेर लिङ्देनसँग पुनः तालमेलको ढोका खुला राखेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ११ : १९ बजे

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७