आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित « Khabarhub

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्याण्डले नेपाललाई ८ विकेटले हराएको हो ।

नेपालले जितका लागि दिएको १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे ।

थाइल्याण्डका नथाकन चन्थामले सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै, नन्नापात कोनचारोयकाईले ३२, अफिसरा सुवानचोनराथीले २८, रन बनाइन् । नेपालकी सीता रानामगरले दुई विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।

नेपालकी विन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् । यस्तै, सम्झना खड्काले २६, रुवीना क्षेत्रीले १७ तथा पूजा महतोले १२ रन जोडे ।

थाइल्याण्डकी थिपात्चा पुथावङले तीन, ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोङ्ग्रातानाले एक–एक विकेट लिए ।

प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : ३९ बजे

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व