‘डन ३’ मा फर्किए शाहरुख खान « Khabarhub

‘डन ३’ मा फर्किए शाहरुख खान


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, बलिउडका किङ्ग शाहरुख खान आफ्नो आइकनिक पात्र ‘डन’ मा फिर्ता आउन इच्छुक छन् ।

तर, शाहरुखले फिल्म खेल्ने निर्णय गर्नुअघि एउटा महत्त्वपूर्ण सर्त राखेका छन् । उनी चाहन्छन् कि फिल्मको निर्देशनमा दक्षिण भारतीय चर्चित निर्देशक एट्लीको समेत सहभागिता होस् ।

शाहरुख र एट्लीले पहिले ‘जवान’ फिल्ममा सँगै काम गरिसकेका छन्, जुन बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो । शाहरुखको विचारमा एट्लीको व्यावसायिक सिनेमा अनुभव र जनप्रिय फिल्म बनाउने क्षमता ‘डन’ फ्रेन्चाइजलाई नयाँ स्तरमा पुर्‍याउन सहयोग गर्न सक्छ ।

निर्देशक फरहान अख्तर विगत तीन वर्षदेखि ‘डन ३’ मा काम गरिरहेका छन् । तर मुख्य कलाकारको छनोटले फिल्मलाई बारम्बार अल्झाइरहेको छ । 

सुरुमा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा कास्ट थिए, तर पछि उनले अफर छोडे । रणवीरले आफ्नो पछिल्लो फिल्म ‘धुरन्धर’ को सफलतापछि ग्याङ्स्टर भूमिकामा काम नगर्ने निर्णय लिएका थिए । 

अभिनेता रणवीर बाहिरिएपछि निर्माता ऋतिक रोशन लाई प्रस्ताव गरियो, तर ‘कृष–४’ र अन्य ठूला प्यान-इन्डिया प्रोजेक्टका कारण उनले पनि समय निकाल्न सकेनन् ।

यसरी, कास्टिङको यो उथलपुथलले फ्यानहरूको उत्सुकता अझै बढाएको छ । सबैको ध्यान अब ‘डन ३’ को आधिकारिक घोषणा र मुख्य कलाकारमा केन्द्रित छ ।

किङ्ग खान शाहरुख खानको फिर्ता, एट्लीको निर्देशन, र फिल्ममा नयाँ धमाकेदार ट्विस्ट—यी सबैले फ्यानहरूलाई उत्साहित बनाएको छ । बलिउड प्रेमीहरू ‘डन ३’ मा को मुख्य भूमिका खेल्ने हो भन्ने कुरामा उत्सुकता साथ पर्खिरहेका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : ०२ बजे

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई

पाँच दिनपछि धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

रसुवा– जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि  ‘जेनेरेटर’ ल्याइएको