शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद « Khabarhub

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल हटेको छैन ।

दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापति भएसँगै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला अलग्गै बसेका छन्।

कुनै बेला एकैठाउँ रहेका गगन र नेता शेखरबीच विशेष महाधिवेशनको विकसित परिस्थितिमा अझैसम्म संवाद हुन सकेको छैन ।

शेखरको सचिवालयका अनुसार अहिले प्रतिनिधिसभाको टिकट माग्नेको भिड लागेको छ । तर शेखरसँग गगनले टिकट वितवरणमा कुनै संवाद अघि नबढाएको उनको सचिवालयले जनाएको छ।

‘देशैभरबाट टिकट माग्न आउने नेताहरुको भिड लागेको छ’, शेखरको सचिवालयले भनेको छ, ‘तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ, त्यसको अहिलेसम्म कुनै जानकारी छैन ।’

शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि अहिलेसम्म सभापति थापासँग संवाद हुन नसकेको पुष्टि गरेका छन् ।

‘जहाँसम्म डा. शेखर कोइराला र गगन थापा मिलेर जाने कुरा समाचारमा आइरहेको छ, त्यसमा सत्यता छैन’, उनले भने, ‘आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिका कसैले कुनै पनि माध्यमबाट डा. शेखर कोइरालासँग सम्पर्क र कुराकानी गर्नुभएको छैन ।’

सभापति थापाले सोमबार मात्रै प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका थिए ।

सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै उनले भनेका थिए, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’

उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका थिए । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका थिए।

‘भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो’, उनले भनेका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ४२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको