सोफी विल्मस् बनिन् बेल्जियमको पहिलो महिला प्रधानमन्त्री « Khabarhub

सोफी विल्मस् बनिन् बेल्जियमको पहिलो महिला प्रधानमन्त्री


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी सोफी विल्मस् मुलुकको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।

बेल्जियमका अर्थ तथा बजेट मन्त्री सोफी विल्मसलाई देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिएको हो । उनी नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर (सुधारबादी आन्दोलन-एमआर ) पार्टीकी नेत्री हुन् ।

अक्टुबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो । जसले बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेललाई समर्थन गरेको थियो । अहिले पनि उनीहरुकै समर्थनमा सोफी प्रधानमन्त्री बनेको बताइन्छ ।

४४ बर्षका राजा फिलिपद्वारा प्रधानमन्त्री सोफीले औपचारिक शपथ लिएपछि उनले आफ्नो कार्यभार सम्हालेकी छन् । उनलाई २७ अक्टोबर आइतबार बिहान औपचारिक रुपमा राजकीय समारोहका बीच शपथ गराईएको छ।

२०१८ को डिसेम्बरबाटै अघिल्लो सरकारले बिश्वासको मत गुमाएपछि बेल्जियममा मिचेलको नेतृत्वको सरकार काम चलाउ भएको हो । र, अहिलेसम्म पनि बेल्जियममा त्यही काम चलाउ सरकारले काम गरिरहेको छ । गत मेमा भएको संसदीय चुनावमा समेत कसैको स्पष्ट बहुमत आउन नसकेकोले यो जटिल अवस्था आएको हो।

बेल्जियमको राजनीतिक संकटको लागि विश्व प्रसिद्ध छ । सन् २०१०-२०११ मा यो देश ५४१ दिन सरकारबिना नै सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ५ : ३९ बजे

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,