विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित « Khabarhub

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम अभ्यास खेलमा श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको हो ।

सुरुमा ब्याट्रि गरेको नेपालले ६ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १८५ रन बनाएको थियो । जितका लागि एक सय ८६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

श्रीलङ्काका लागि लाहिरु उडाराले सर्वाधिक ७३ रन बनाए । नुवानिदु फर्नान्डोले ३८ र सहान अराकिगेले अविजित ३३ रन जोडे ।

बलिङमा नेपालका सोमपाल कामीले तीन तथा ललित राजवंशीले एक विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए । यस्तै आरिफ शेखले ४२ र कप्तान रोहित पौडेलले ३१ रन बनाए । नेपालले दोस्रो अभ्यास खेल बिहीबार खेल्ने छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ७ : २० बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम