काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम अभ्यास खेलमा श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको हो ।
सुरुमा ब्याट्रि गरेको नेपालले ६ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १८५ रन बनाएको थियो । जितका लागि एक सय ८६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
श्रीलङ्काका लागि लाहिरु उडाराले सर्वाधिक ७३ रन बनाए । नुवानिदु फर्नान्डोले ३८ र सहान अराकिगेले अविजित ३३ रन जोडे ।
बलिङमा नेपालका सोमपाल कामीले तीन तथा ललित राजवंशीले एक विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए । यस्तै आरिफ शेखले ४२ र कप्तान रोहित पौडेलले ३१ रन बनाए । नेपालले दोस्रो अभ्यास खेल बिहीबार खेल्ने छ ।













प्रतिक्रिया